Aamsanchar

घरघरमा आँसु कवि -प्रधानमन्त्री

Author Image
बिहिवार, असार ९, २०७३

काठमाण्डौं ।

KP-oli-240x152

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि भएको बताएका हुन् ।  ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे ।

उनले नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामथ्र्यको प्रशंसा गर्दै अबको कवितामा सामाजिकता, वैज्ञानिकता, मानवीयता र अन्तर्राष्ट्रियतासहित भाव र कला अभिव्यक्त भएर आउने विचार व्यक्त गरे ।

साहित्य क्षेत्रलाई सरकारबाट गर्नुपर्ने सहयोग रहने विश्वास दिलाउँदै उनले भने, ‘हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहरा म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक (२५ वर्ष) प्रदान गरिएको थियो । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलालगायतले महोत्सवको सफलताको कामना गरे ।

महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ लाई प्रतियोगीका रुपमा सहभागी गराइएको र २१ अतिथि कवि रहेको पद्य विभाग प्रमुख डा अमर गिरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर