Aamsanchar

गुन्डालाई गोली प्रहार गरी पक्राउ

Author Image
बिहिवार, असार ९, २०७३

goli prahar

काठमाडौँ ।

गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिनुभयो ।

उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रहरीसँगको झडपमा उनका अन्य चार÷पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिनुभयो ।

राईमाथि ज्यान मार्ने उद्योगलगायत चार÷पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ ।

उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर