![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![lukamari](http://aamsanchar.com/wp-content/uploads/2016/06/lukamari.jpg)
![rilesan](http://aamsanchar.com/wp-content/uploads/2016/06/rilesan.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
काठमाडौँ ।
शुक्रबारबाट फरक धारका दुई चलचित्र ‘लुकामारी’ र ‘रिलेसन’ देशैभर एकैसाथ प्रदर्शन भएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ । यसमा मुख्य पात्र मधेसी मूलका छन् । जुन पात्रमा सौगात मल्लले अभिनय गर्नुभएको छ । सुरजमानसिंह भण्डारीले निर्माण गरेको चलचित्रमा कर्म (महेश शाक्य), सुरविना कार्की रिस्ता बस्नेत, कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।
देशको जातीय–सांस्कृतिक विविधतालाई चलचित्रले समेटेकाले सबै किसिमका दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षले गरेको वितरक सुनिल मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैदिन दुई चलचित्र रिलिज भएपनि यसले ‘लुकामारी’लाई केही असर गर्नसक्ने छैन, यो विल्कुलै फरक धारको चलचित्र भएकाले यसबाट राम्रो अपेक्षा गरिएको छ ।”
त्यस्तै ‘रिलेसन’ तेक्वान्दो खेलसँग सम्बन्धित चलचित्र हो । तेक्वान्दोका ‘फस्ट सेभेन डान’ दिवाकर महर्जनले निर्माण गरेको यो चलचित्रले नेपाल र अमेरिकाको तेक्वान्दो खेलको सम्बन्धलाई देखाउन खोजिएको छ । दिपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा महर्जनका अलावा अमेरिकी खेलाडी क्रिटिना नुनाजले मुख्य भूमिका निभाएका छन् । साथै चलचित्रमा उपेन्द्र तिमिल्सिना, लक्ष्मणविक्रम बस्नेत, सुशील पोखरेल, महिमा सिलवाल आदि कलाकारको अभिनय छ ।