Aamsanchar

बन्द फिर्ता 

Author Image
शुक्रवार, असार १०, २०७३

sadak

गाईघाट (उदयपुर) ।

चालकले लापरबाही गरेर सवारी चलाएर कसैको ज्यान गए जन्मकैद सजाय हुने विधेयक सरकारले ल्याएपछि त्यसको विरुद्ध यातायात बन्द गर्दै आएका उदयपुरका सवारी चालकले बन्द फिर्ता लिएका छन् ।

बिहीबार उदयपुरको सदरमुकाम गाईघाटस्थित हिमाली यातायात व्यवसायी सङ्घमा चालक र सङ्घका पदाधिकारीबीच लामो छलफलपछि बन्द फिर्ता गर्ने सहमतिअनुसार चालकले चार दिनदेखि गर्दै आएको बन्द तत्कालका लागि फिर्ता लिएका हुन् ।

चालकले चार दिनदेखि गरेको सवारी सञ्चालन बन्द फिर्ता लिएपछि आजदेखि नियमित रुपमा जिल्लाबाट यातायातका साधन सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरले बताएको छ ।

देशका सबै क्षेत्रमा सवारीका साधन सञ्चालन भइरहेको बेला उदयपुरका चालकले मात्र बन्द गरेको कारण यस्तो कार्य फिर्ता लिन चालकलाई अनुरोध गर्दै सवारी सञ्चालन गरिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । चालकले सवारी सञ्चालन सुरु गरेसँगै यात्रुको जनजीवन सहज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर