Aamsanchar

पुनःनिर्माणमा राजनीति र ढिलासुस्ती भन्दै कांग्रेस असन्तुष्ट

Author Image
शुक्रवार, असार १०, २०७३

काठमाण्डौं ।

index

नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा पुनःनिर्माणमा राजनीति र ढिलासुस्ती भएको भन्दै २२ बुँदे असन्तुष्टि पेस गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा काँग्रेसको तर्फबाट सहभागी भएका नेता प्रकाशमान सिंहले सो असन्तुष्टि पेस गरेका हुन् ।

काँग्रेसले पुनःनिर्माणलाई गति दिनभन्दा शब्दमा मिठास थपेर अवास्तविक आकाङ्क्षाको सूची जनतामा पस्कन सरकार व्यस्त भएको आरोप लगाएको छ ।

त्यस्तै, सो पार्टीले प्राधिकरणले अहिले प्रयोग गरेको सात कार्यविधि र १७ प्रकारका घरको नक्सा सुशील कोइराला नेतृत्वको सरकारले गत वर्ष नै तयार गरिसकेकाले प्रभावित जिल्लामा पठाउन ढिला भएको जनाएको छ ।

नेकपा एमालेले आफू निकटका गैरसरकारी संस्थालाई काम दिन अव्यावहारिक र लामो प्रक्रियाबाट अनुदान दिँदा अहिलेसम्म पाँच हजारले मात्र पहिलो किस्ताको अनुदान पाएको काँग्रेसको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर