Aamsanchar

उप–प्रधानमन्त्रीको स्वागत नगरेको भन्दै एलडिओको सरुवा

Author Image
शुक्रवार, असार १०, २०७३

बझाङ,

index

उप–प्रधानमन्त्री कमल थापा जादा सत्कार नगरेको भन्दै बझाङका स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । असाढ ४ गते पार्टीको कामको शिलशिलामा उप–प्रधानमन्त्री थापा बझाङ पुग्नु भएको थियो ।

जिल्ला विकास समितिको निरिक्षण गर्दा स्थानीय विकास अधिकारी आत्माराम सत्यालको कार्यशैली चित्त नबुझेकाले सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताउनुभयो ।

कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै आफुहरुको स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उहाँको दावी छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निमार्णको काम प्रभावित हुने भएको छ ।

यता स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले भने सत्याललाई नियमित कामको शिलशिलामा मन्त्रालयमा बोलाईएको दावी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)