Aamsanchar

एसएलसीको प्रमाणपत्र एक साताभित्रमा जिल्लामा पुग्ने

Author Image
शनिवार, असार ११, २०७३
काठमाडौं।
indexslc
परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले एक हप्ताभित्रमा प्रवेशिका (एलएलसी)को प्रमाणपत्र पठाउने भएको छ ।

प्रमाणपत्र बनाउन समय लागेको हुनाले अबको एक हप्तामा जिल्लामा पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी गराए । ‘सबै प्रमाणपत्र प्रिन्ट, छाप लगाउँदा समय लाग्ने भएकाले अबको एक हप्तामा पठाउँछौं–उनले भने ।

सक्कल प्रमाणपत्र नभएपनि कलेजले इन्टरनेटबाट डाउनलोड गरिएको प्रमाणपत्रका आधारमा प्रवेश परीक्षा लिइरहेका छन् । ‘साउन १५ गतेबाट कक्षा ११ को पढाइ सन्चालन हुन्छ । त्योभन्दा अगाडि भर्ना गर्नका लागि हामीले प्रत्येक विद्यालयमा प्रमाणपत्र पुर्‍याउँछौं’–उनले भने ।

पनिकाले गत वर्ष सन्चालन भएको एसएलसीको नतिजा असार २ गते पहिलोपटक अक्षरांकन (लेटर ग्रेडिङ) पद्धतिमा विभिन्न ९ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर