Aamsanchar

झापामा प्रहरी हिरासतमा धेरै यातना

Author Image
आइतवार, असार १२, २०७३

police-brutality-358x286
काठमाडौ ।
नेपालमा प्रहरी हिरासतमा यातना बढेको पाइएको छ ।

“यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवस”को पूर्वसन्यामा एड्भोकेसी फोरम नेपालले शनिबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा प्रहरी हिरासतमा हुने यातना बढेको पाइएको हो ।

एड्भोकेसी फोरमले सन २०१५ मा विभिन्न १० वटा जिल्लाका प्रहरी हिरासतहरुको भ्रमण गरी १ हजार २ सय १२ जना थुनुवाहरुसाग अन्तवार्ता लिएकोमा ती मध्ये १७ दशमवल २ प्रतिशत थुनुवाहरुले यातना तथा दुव्र्यवहार भएको गुनासो गरेका थिए । जबकी सन २०१४ मा यातनाको प्रतिशत १६ दशमलव २ प्रतिशत रहेको थियो ।

यो तथ्याङ्कले नोभेम्बर २०१५ मा भएको विश्वव्यापी आवद्यिक समिक्षाका दौरान नेपालले यातनालाई आपराधिकरण गरिने, यातनाका घटनाहरुलाई निष्पक्ष ढंगले अनुसन्धान गरिने र पीडितलाई परिपूरणको अधिकार दिइने प्रतिवद्धताविपरित देखिएको एड्भोकसी फोरमका अध्यक्ष चुडामणि अचार्यले बताउनुभयो ।

बालबालिकालाई गरिने यातना तथा अन्य क्रुर, अमानवीय र अपमानजनकव्यवहार प्रमुख चिन्ताको विषय रहिरहेको छ । ‘बालवालिकामाथि हुने यातनाले गम्भिर ध्यानाकर्षण गरेको छ किनभने एड्भोकेसी फोरमको तथ्याङ्कले २१.८% बालवालिकाहरुमा यातना हुने गरेको देखाएको छ जुन वयस्क थुनुवाहरुमाथि हुने यातना ﴾१५.९%﴿ यातना भन्दा बढि हो ।,’ एड्भोकसी फोरमका कामु निर्देशक ओम प्रकाश सेनले भन्नुभयो – ‘बालवालिकाहरुलाई थुनामा राख्दा के कारणले पक्राउ गरी थुनामा राखिएको हो भन्ने जानकारी नदिइने गरेको पाइएको छ । यातनाको गुनासो गर्नेमध्ये एक चौथाई १८ बर्ष भन्दा मुनीका थुनुवा बालकहरु थिए ।’

यसैगरी, बााके, काठमाडौं र झापा जस्ता केही जिल्लाहरुमा यातना स्थिति उच्च रहेको देखिन्छ भने रुपन्देही जिल्लामा गत बर्षको तुलनामा यातनाको मात्रा बढेको पाइएको छ । प्रतिवेदनका अनुसार, जिल्लापिच्छे यातनाको अवस्था फरक छ । सन् २०१५ को अघिल्लो ६ महिनाको मात्र तथ्याङ्कलाई हेर्ने हो भने सबैभन्दा बढी यातना झापा जिल्लामा ﴾३४%﴿ रहेको देखिन्छ । बार्षिक तथ्याङ्कलाई हेर्ने हो भने बााकेमा २५.८%, काठमाडौंमा २४.३% र कास्कीमा २०% थुनुवालाई यातना दिइने गरेको देखिन्छ । यसका विपरित बागलुङ्ग र म्याग्दीमा गरिएको केहि भ्रमणका अवसरमा यातना नभेटिएको देखिएको छ भने कञ्चनपुर र पर्वतमा भ्रमणका क्रममा केहि यातनाका घटना हुने गरेको देखिएको छ । त्यस्तैगरी रुपन्देहीमा अन्य जिल्लाका तुलनामा न्यून यातना देखिए पनि गत बर्षको २.४% यातनावाट बढेर १०.९% यातना देखिएको छ ।

यसैगरी, अन्य समूह भन्दा जनजातिय समूहका थुनुवाहरुमाथि बढि यातना भएको प्रतिवेदनमा उल्लेख छ। अधिकांश थुनुवाहरुलाई कानून सम्मतरुपमा थुनामा राख्नुपूर्व स्वास्थ्य परिक्षण गराइएको पाइए पनि त्यस्ता स्वास्थ्य परिक्षणको गुणस्तरका सम्बन्धमा अधिंकाश गुनासो रहेको पाइयो । कानूनी प्रावधानविपरित अधिकांश थुनुवाहरुलाई आफू पक्राउ पर्नुको कारण बारे थुनामा पर्नु अघि थाहा नभएको गनासो गरेको थिए ।

कसरी दिइन्छ यातना ?

यातनाका मुख्य प्रवृतिहरुमा मुडकीले हान्ने, लाठी वा बाासका लाठी, पलाष्टिकका पाइपले कुट्ने वा लात्तिले हान्ने आदि रहेको पाइएको छ। त्यस्तै थुनुवाहरुले श्वासप्रश्वास अवरुद्ध हुने गरी नाक र मुखमा पानी खन्याइदिने गरेको गुनासो गरेका थिए । थुनुवाहरुलाई ज्यान मार्ने धक्की, साविती बयान दिन करकाप गर्ने र न्यायाधिश, चिकित्सक र मानवअधिकारवादीलाई यातनाका बारेमा बताएमा अझ बढि यातना दिने धम्की दिने गरेको देखिएको प्रतिवेदनले जनाएको छ ।

सरोकारवालाहरु के भन्छन् ?

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोगले यातनाविरुद्ध परेका मुद्दालाई प्राथमिकता दिने बताउनुभयो । यस्ता मुद्दामा भोलिदिने तदारुकताका साथ आयोगले कारबाही प्रक्रिया अगाडि बढाउने उहााले बताउनुभयो ।

नेपाल प्रहरीकी एसपी पुजा सिंहले मानवअधिकार उल्लंघनमा संलग्न ६ सय प्रहरीलाई कारबाही गरिएको बताउनुभयो । प्रतिवेदनमा सरोकारवालाहरुको भनाइ उल्लेख नगरिएको उहााले बताउनुभयो । अनुसन्धानमा खटिएका प्रहरीको भनाइ राख्न जरुरी परेको बताउनुभयो ।

नेपालस्थित जर्मन दुतावासकी मानवअधिकार अधिकृत आन्ड्रिया अस्लन महर्जनले शारीरिक यातनाहरु द्वन्द्वकालमा धेरै हुने भएपनि अहिले शारिरीक यातनाहरु नरोकिएको बताउनुभयो ।

वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंले यातनालाई शून्यशहनशिलतामा झार्न नसकिएको बताउनुभयो ।

हरेक वर्ष २६ जुनमा यातनाका पीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । नेपालमा पनि आइतबार यातना विरुद्धको दिवस मनाइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर