Aamsanchar

भूकम्पपीडितलाई पहिलो किस्ताको रकम बढाएर दिने

Author Image
बुधवार, असार १५, २०७३

काठमाडौं,

indexo

सरकारले भूकम्प पीडितलाई दिने पहिलो किस्ताको रकम ५० हजारबाट बढाएर डेढ लाख दिने भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कंग्रेससँग सहमति भएपछि संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधिमा परिवर्तन गरेर रकम थपेर दिन सरकार तयार रहेको बताउनुभएको हो ।

रकम दिन तयार भएपनि पीडितलाई दिइने रकम दुरुपयोग हुन नदिने प्रधानमन्त्री ओलीको भनाइ छ । अनुदान रकम वितरणलाई सहज र सरल बनाइने बताउनुभयो । प्रतिपक्षीसँग सहमति भएपछि सदनको अवरोध हटेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर