Aamsanchar

मिर्गाैलाका विरामीको सहयोगको याचना

Author Image
शुक्रवार, असार १७, २०७३

पथरी (मोरङ) ।

मिर्गाैलाको रोगबाट पीडित मोरङको पथरी शनिश्चरे–८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सबैमा याचना गर्नुभएको छ ।

अट्ठाइस वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गर्नुभएको हो । सात वर्षदेखि मिर्गाैला समस्याबाट पीडित भएकी श्रेष्ठको हाल काठमाडाँैस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँले अस्पताल शय्याबाटै विराटनगरका सञ्चारकर्मीलाई टेलिफोनमा आफ्नोे उपचारमा धेरै रकम लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका भन्दै आफूलाई बचाइदिन सबैमा आग्रह गर्नुभएको छ ।

वीर अस्पतालको महिला वार्डको ५ नम्बर शय्यामा रहनुभएकी उहाँलाइ चिकित्सकले कम्तीमा रु सात लाख लाग्ने बताएका छन् । श्रेष्ठलाई डा राजेन्द्र अग्रवाल र डा रजनी हाडाले उपचार गर्दै आउनुभएको छ । उहाँको अहिले हप्ताको एकपटक औषधियुक्त सुई लगाउनुपर्ने भएको छ । पीडित श्रेष्ठका अनुसार एकपटक एउटा सुई लगाउँदा ५० हजार रुपैयाँ खर्च लाग्ने र यो सुई ६ महिनासम्म लगाउनुपर्ने पीडितको भनाइ छ ।

उहाँले यसअघि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराए पनि सम्भव नभएपछि लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । निम्नवर्गीय परिवारकी श्रेष्ठले उपचारका लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर