Aamsanchar

सांसदहरुले गरे सरकारको आलोचना

Author Image
शुक्रवार, असार १७, २०७३
काठमाडौं ।
indexs
जनताका समस्याप्रति गम्भीर नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

शुक्रबार व्यवस्थापिका–संसद बैठकको विशेष समयमा सांसदहरुले जनताका समस्याप्रति सरकार उदासीन भएको आरोप लगाएका हुन् ।

बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले धनुषामा सडकको अवस्था जीर्ण हुँदा पनि सरकारले केही नगरेको गुनासो गरे ।
उनले मन्त्रीहरुले जथाभावी आफ्नो क्षेत्रमामात्र योजन पार्नेगरेको गुनासोसमेत गरे । यस्तै, नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले अविरल वर्षाका कारण भूकम्पको केन्दबिन्दू बारपाक, लाप्राकलगायतका क्षेत्रमा जमिन चिरापरेको र त्यहाँ पहिरोको उच्चजोखिम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद पाण्डेले त्यहाँका दुई सय घर पहिरोको उच्चजोखिममा रहेकोले जनतालाई तत्काल अन्यत्र सार्ने व्यवस्था गर्न पनि माग गरे । नेकपा मालेका सांसद अइन्द्रसुन्दर नेम्वाङले मनसुन सक्रिय भएपछि आइपर्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले जनतालाई पूर्वतयारी र सुरक्षाका लागि सचेत रहन सरकारले सूचना जारी गर्नुपर्ने भन्दै दार्चुलामा तुइन चुँडिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्न माग गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर