Aamsanchar

तनावमा कटरिना कैफ

Author Image
शनिवार, असार १८, २०७३

झापा ।

lara datta

बलिउड नायिका कटरिना कैफ यति बेला तनावमा छिन् । नम्बर वान नायिकाको दौडमा रहेकी उनी पछिल्लो समय त्यो रेसमा पनि कमजोर हुँदै गएको समीक्षकको दाबी छ ।

अघिल्लो वर्षसम्म कटरिनालाई फापेको थियो । बलिउड दबंग ब्वाइ सलमान खानसँग प्रेमसम्बन्धमा रहेपछि बलिउडमा चम्किएकी उनले लामो समयसम्म सफलतै सफलता हात पारिन् ।

सलमानको साथ छुटे पनि कपुर खानदानका आशलाग्दा स्टार रणवीर कपुरको साथ पाएकी थिइन् ।रणवीर र कटरिनाको सम्बन्धले पनि धेरै चर्चा पायो । यतिसम्म कि उनीहरूको विवाह भएको पक्कापक्की ठोकुवासमेत गरिएको थियो । तर, अहिले उनलाई न सलमानको माया छ न त रणवीरको ।

उनी अभिनीत चलचित्रहरू पनि खासै चम्किन सकेका छैनन् । उमेर ढल्कँदैछ । परिवारबाट विवाहको दबाब बढ्दो छ तर विभिन्न व्यक्तिसँग नाम जोडिएर छवि पनि सङ्लो छैन । नाम जोडिनेमात्रै होइन, रणवीर कपुरसँग त छ महिना ‘लिभिङ टुगेदर’को सम्बन्धमा थिए ।

विगतका यी प्रसंगले कटरिनालाई अहिले पोल्न थालेको छ । उनी तनावमा परेकी छन् ।कटरिनाको यो अवस्था बुझेर उनकी आमा सुजैन टरक्योटले दुलाहा खोजिदिन सुरु गरेको स्रोतले जनाएको छ । कटरिनामात्रै होइन, आमा सुजैन पनि छोरीका कारण अहिले चिन्तित छिन् ।

उनको चिन्ता त्यति बेला बढ्यो जब कटरिना र रणवीरको ब्रेकअप भयो । उनीहरूको गत वर्ष नै ब्रेकअप भएको हो। त्यस बेला रणवीरले कटरिनालाई अपार्टमेन्टमा एक्लै छाडेर हिँडेका थिए ।

जुन अपार्टमेन्टमा उनीहरू छ महिनासम्म एकसाथ बसेका थिए । प्रेम र आत्मीय सम्बन्ध नभए पनि उनीहरू अहिले चलचित्र ‘जग्गा जासुस’ रिलिजको पर्खाइमा छन् । रणवीर र कटरिनाको खराब सम्बन्धका कारण निर्माण पक्षलाई चलचित्र प्रवद्र्धनमा समस्या भएको बताइएको छ ।

स्रोतका अनुसार कटरिनाकी आमाले रणवीर र कटरिनाबीचको झगडा सुल्झाउने प्रयास पनि गरेकी थिइन् तर रणवीरले उनको फोन उठाएनन् ।

त्यसपछि रणवीरकी आमा नीतु सिंहलाई समेत सुजैनले फोन गरेकी थिइन् । नीतुले सहज रूपमा कुरा गरे पनि सबै कुरा रणवीरको चाहनाअनुसार हुने बताएकी थिइन् । अन्ततः त्यस्तै भयो । उनीहरूको फाटेको मन जोडिएन । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर