Aamsanchar

सडक बत्ती बल्न छाडे

Author Image
मङ्गलवार, असार २१, २०७३

भोजपुर  ।

रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भोजपुर सदरमुकाम क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती बल्न छाडेका छन् ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर शाखाले बजार क्षेत्रमा चार वर्ष अगाडि राखेका आधाभन्दा बढी बत्ती बल्न छाडिसकेका हुन् । प्राधिकरणले सदरमुकामका विभिन्न क्षेत्रमा १०० भन्दा बढी सडक बत्ती राखेको थियो ।

सदरमुकामको मुख्य चहलपहल हुने पानीट्याङ्की, हस्पिटल गेट, डाँडा गाउँ, बैंक रोड, बीचबजार, चार भञ्ज्याङ, भोटेपसल तथा बरबोटलगायतका स्थानमा सडक बत्ती राखिएको छ त्यसमध्ये पानीट्याङ्की क्षेत्रका लगभग सबैजसो बत्ती बल्न छाडेका छन् । त्यसैगरीे हस्पिटल गेट डाँडा गाउँ, बैंक रोड, बीचबजार चार भञ्ज्याङ, भोटेपसल क्षेत्रमा राखिएका सडक बत्ती पनि अधिकांश बल्न छाडिसकेका हुन्् ।

सडक बत्ती बल्न छाडेको लामो समय भइसके पनि मर्मत सम्भारको लागि कसैले चासो दिएको छैन । जिल्ला विकास समिति भोजपुरले सडक बत्ती खरिदको लागि बजेट उपलब्ध गराएको थियो । सडक बत्तीको महसुल भने तत्कालीन भोजपुर गाविसले भुक्तानी गर्ने सहमति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर