Aamsanchar

बाबुराम भट्टराई पनि सरकार परिवर्तन नगर्ने पक्षमा

Author Image
शुक्रवार, असार २४, २०७३

विराटनगर ।

timthumb.php

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पटक–पटक सरकार परिवर्तन भन्दा व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।

 

प्रदेश नम्बर एकमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन धनकुटा जानेक्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पटक पटकको सरकार परिवर्तनले मुलुकलाई अहिलेको अवस्थामा पुर्या एकाले सरकार भन्दा व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
‘निरन्तरको सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढ्दा मुलुकमा समृद्धि सम्भव हुन सकेन’ उनले भने , ‘अब सरकार परिवर्तनको खेल छाडेर व्यवस्था परिवर्तनतिर लाग्नुपर्छ।’
नयाँ शक्ति जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिन्छ,’ उनले भने, ‘यसबाट सरकार परिवर्तनको खेल रोकिन्छ र जनताले अनुभूति हुने गरी राजनीतिक व्यवस्था नै परिवर्तन हुन्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर