Aamsanchar

डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई

Author Image
शनिवार, असार २५, २०७३

keshav bhaattrai

दमक ।

यस वर्षको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिको आज यहाँ बसेको बैठकले झापामा १५ वर्षदेखि क्रियाशील पत्रकार भट्टराईलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार १५ औँ डि–कौडिन्य स्मृति दिवसको सन्दर्भ पारेर आगामी साउन ७ गते प्रदान गरिने समितिका संयोजक टीकाराम उप्रेतीले जानकारी दिनुभयो ।

पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । यसअघि चन्द्र भण्डारी, लीला बराल, बिमल लामिछाने र दिपीन राईलाई उक्त पुरस्कार प्रदान गरिसकिएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर