Aamsanchar

अर्चनाको जिस्म १६ बर्ष मुनिकाले हेर्न नपाउने

Author Image
आइतवार, असार २६, २०७३

newsabhiyan

 काठमाडौं ।

अर्चना पनेरु अभिनित फिल्म जीस्म सेन्सर बोर्डबाट पास भएको छ । यस फिल्म १६ बर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । १ घण्टा ५५ मिनेटको यस फिल्ममा राखिएका कुनै पनि दृश्यहरु काटिएका छैनन् ।

निर्देशक गिरीले फिल्ममा जतिपनि दृश्य राखेका छन् त्यो सबै हेर्न दर्शकले पाउने भएका छन् । निर्देशक गिरीले आफूले जतिपनि फिल्ममा सिनहरु राखेका थिए, त्यो सबै पास भएकामा खुसी व्यक्त गरेका छन् ।

आफूले देखाउन खोजेको सिन सबै दर्शकमाझ देखाउन पाएकोमा गिरीले खुसी ब्यक्त गरेका हुन् । फिल्ममा बोलिएका केहि संवादहरुमा भने सेन्सर बोर्डले सेन्सर लगाएको छ ।

भिडियो दृश्यमा सेन्सर नलगायता पनि बोलिएका संवादलाई सच्याउन लगाएको छ । फिल्ममा वेश्या, चरेश जस्ता शब्दहरुलाई सेन्सर लगाइएको निर्देशक गिरीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)