Aamsanchar

मेची ट्युन्स १० औं वर्षमा प्रवेश

Author Image
बुधवार, असार २९, २०७३

झापा ।

205822_234627083234989_4070569_n

विश्वनाथ कनेक्सन प्रालिद्धारा सञ्चालित एफ एम मेची ट्युन्स ९६.८ मेगार्हज (आज) बुधबारबाट ९ औं  वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०६४ साल असार २९ गते भानुजयन्तीको अवसर पारी नियमित प्रसारण सुरुगरेको उक्त एफ एमले हाल दैनिक १७ घण्टाको अवधीमा आफ्ना कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । झापाको मेचीनगर स्थित इटाभट्टामा प्रसारण गृह रहेको एफ एम मेची ट्युन्सले विहान ५ बजेदेखि राती १० बजेसम्मको अवधीमा विभिन्न समाचार बुलेटीन, सुचना मुलक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ ।

साथै उज्यालो नाइन्टी नेटवर्कका मुख्य समाचार बुलेटीन र बिबिसि विश्व सेवाको नेपाली सामाचार प्रसारण गर्दै आएको छ । वार्षीक उत्सवको अवसरमा शुभकामना दिदैं एफ एमको प्रसारणलाई अझ प्रभावकारी बनाइने एफएमका प्रमुख प्रज्वल घिमिरेले जानकारी दिए ।

एफएम मेची ट्युन्सले आफ्नो प्रसारण सुरु गरेको १० औं वर्ष प्रवेशको अवसरमा एफएमका प्रमुख घिमिरेले सम्पुर्ण श्रोता, विज्ञापनदाता,संघसंस्था, शुभचिन्तक एवं सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएका छन् । झापाको तेश्रो एफएमका रुपमा स्थापित मेची ट्युन्सका हरेक कार्यक्रम र समाचार बुलेटीनहरुलाई अझ ब्यापक बनाउने समाचार प्रमुख नरेन्द्र ढकालले बताए ।

स्थानीय खबरहरुको संगालो मेची खबर मार्फत स्थानीय स्तरका सम्पूर्ण घटनाहरुलाई समेट्ने प्रयास जारी रहेको भन्दै सम्पादक ढकालले समाचारलाई अझ बढी महत्वका साथ अगाडी बढाउने भन्दै वार्षिक उत्सवको अवसरमा सम्पूर्ण सञ्चारकर्मीलाई सफलताको शुभकामना दिए ।

सम्पादक ढकालले पत्रकारहरुको सौहार्दता र एकताले मात्र समाज परिर्वतन गर्न सकिने भन्दै विद्युतीय सञ्चार माध्यमहरुले जिम्मेवार पूर्वक आफ्ना समाचारहरु प्रशारण गर्नुपर्ने बताए ।  देशमा संविधान जारी भइसकेको र अब मुलुकको विकासका लागी पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका रहेको सम्पादक ढकालले बताएका छन् ।

उनले सरकारले श्रमजीवि पत्रकारहरुको पारिश्रमीकका विषयमा सरकारले गरेको निर्णय स्वागत योग्य भएपनि कार्यान्वय पक्षमा भने आशंका ब्यक्त गरेका छन् । ढकालले  एमएमको वार्षिक उत्सवले थप हौसला प्रदान गरेको बताउदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर