Aamsanchar

सपनामा पनि विद्यालय देख्छन् यी हेडसर

Author Image
बिहिवार, असार ३०, २०७३

kesab

केशवप्रसाद ओझा

प्रधानाध्यापक

हिमाली निम्न माध्यमिक विद्यालय

कनकाई नगरपालिका लक्ष्मीपुर

अभावैअभावका वीचबाट गुज्रिरहेको विद्यालयको नेतृत्व लिएर विद्यालयका सबै सरोकारवालासाग सहकार्य गर्दै परम्परागत रुपमा सञ्चालन हुादै आएको शैक्षिक संस्थालाई झापाको एक नमूना विद्यालय बनाउनु चानचुने कुरा होइन । बालमैत्री वातावरणसहितको विद्यालय बनाएर विद्यार्थीलाई समाजप्रति जागरुक र मुलुकप्रति बफादार बनाउनका लागि रातदिन खटिरहने झापाका प्रधानाध्यापकहरुको सूचीमा शुरुमै आउने प्रअ हुन् केशवप्रसाद ओझा । उनको प्रचलित छोटो नाम केशव ओझा । कनकाई नगरपालिका लक्ष्मीपुरमा रहेको हिमाली निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक ओझा झापामै चर्चित शिक्षाकर्मीमा दरिन्छन् । झापाको धरमपुर मूलघर भएका केशव ओझा सामाजिक क्षेत्रमा समेत सुप्रसिद्ध नाम हो झापावासीका लागि । आमा सुमित्रा र बुबा वासुदेवका पुत्ररत्नका रुपमा तेह्रथुमको ओयाक्जुङमा २०२१ सालमा जन्मेका ओझा २०२२ सालदेखि झापाको धरमपुरमा आफ्ना मातापितासागै झरेका थिए । तोपगाछीको महेन्द्र–रत्न उमाविबाट एसएलसी, मेची क्याम्पस भद्रपुरबाट आईए र बीए तथा सुकुना बहुमुखी क्याम्पस मोरङबाट बीएड गरेका ओझाले २०३९ सालदेखि अस्थायी शिक्षकको रुपमा धरमपुरको भानु मा.वि.बाट शिक्षण शुरु गरेका थिए । २०४३ सालदेखि स्थायी भएका ओझा देवी उमावि विर्तामोड र पुन: भानु माविमा सरुवा भई २०६१ सालदेखि हिमाली निमावि लक्ष्मीपुरमा हालसम्म प्रअको रुपमा कार्यरत छन् ।
नामका लागि प्रअको कुर्सीमा बस्ने प्रअभन्दा बिल्कुलै फरक छन् उनी । विद्यालयको भौतिक, प्राज्ञिक र शैक्षिक विकासलाई यथास्थितिका सिक्रीले बााधेर राख्ने र शिक्षकहरुप्रति नकारात्मक धारणा पालेर असहिष्णु व्यवहार गर्ने प्रअको कमी छैन झापामा । तर ओझाको विश्वास छ आफ्ना शिक्षक, विद्यार्थी, अभिभावक र समुदायप्रति । निकै हासिला र मिजासिलो स्वभाव भएका, सबैलाई मिलाएर लैजाने सक्ने क्षमता भएका ओझाको शिक्षक र विद्यार्थीमा मात्र होइन, जनस्तरमा समेत अधिक लोकप्रियता छ । उनले समुदायसागको सम्बन्धलाई दरिलो बनाउन साधै ध्यान दिएका छन् । सम्मान मागेर पाइने होइन, ओझासरलाई सबैले हृदयदेखि सम्मान गर्छन्– यो सम्मान उनको कामलाई गरिएको हो, उनको विद्यालय र विद्यार्थीप्रतिको समर्पणभावलाई गरिएको हो । अनुशासनप्रिय, समयको निष्ठापूर्वक पालना गर्ने, शिक्षकप्रति सदैव सहिष्णु रहने ओझा विद्यालयको भौतिक विकासका लागि समाजसेवी, दानवीर सज्जनहरुबाट सहयोग प्राप्त गर्न सफल भएका छन् । आफ्ना शिक्षकलाई हाकिमी शैलीमा पछुवा बनाउने होइन, उनीहरुलाई आफ्नो कर्तव्यप्रति चिन्तनशील बनाउने र साथीको व्यवहार गरी सागै लिएर अघि बढ्ने केशवसरको शैली अनुशरणीय छ । भारत, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका मुलुकको भ्रमणबाट उनले मानिसले चाहेमा समाजलाई परिवर्तन गर्न सकिने बुझेका छन् । समाज परिवर्तन गर्दै दिगो, उन्नत, सभ्य र सुखी समाज निर्माणको मुख्य आधार भनेका विद्यार्थी नै हुन् भन्ने ओझाको आजसम्मको शिक्षाप्रतिको बुझाइको सार रहेको छ । विद्यालयमा शैक्षिक प्रक्रिया प्रभावकारी रुपले सञ्चालन भएमा शैक्षिक उपलब्धी वृद्धि हुनुका साथै विद्यालयको निरन्तर विकास पनि सम्भव हुनेछ । यसरी मात्र प्रधानाध्यापकको पदलाई प्रतिष्ठित पद बनाउन सकिन्छ । उनी भन्छन्– ‘प्रअ सबैको साझा, समन्वयकारी, सहकार्यलाई जोड दिने, आफू उदाहरण बन्न प्रयत्न गर्ने, विद्यालयको उन्नयनका लागि साधै अवसरको खोजी गर्ने र सूचना प्रविधिको पहुाचको नजिक हुनुपर्छ ।’
सामाजिक व्यक्तित्वका रुपमा परिचित हुने र सम्मानको सन्तुष्टि प्राप्त हुने सम्भावनाको लोभले तानिएका प्रअहरु संकीर्णताको शिकार बन्छन् र त्यो संकीर्णताले समग्र विद्यालयलाई तुषारोले खान्छ । कम्तीमा ५ वर्ष स्थायी नियुक्ति पाएका शिक्षकहरु मध्येबाट सेवा र वरिष्ठताका हिसाबले विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिलाई प्रअ बनाइन्छ । यो प्रावधान अपूर्ण र खोटपूर्ण छ, यसबाट दक्ष, अनुभवी, सिर्जनशील र क्षमतावान् व्यक्ति नै प्रअ बन्छ भन्न सकिादैन । शिक्षकको ज्ञानात्मक, भावनात्मक र व्यवहारवादी दक्षता, अनुभव, सिर्जनशीलता, मिलनसारिता, समाजसागको घुलनशीलताजस्ता तत्वहरुको मूल्यांकन गरी प्रअमा नियुक्ति गरिनु अति आवश्यक छ । प्रअ एक शैक्षिक नेता हो । परिवर्तित समयको चाललाई पछ्याउन नसक्ने र युगको धुकधुकी तथा स्पन्दनलाई सुन्न नसक्नेलाई कुर्सीमा राखेर विद्यालयको प्रगतिमाथि बर्फिलो पानी खन्याउनु हो र परिवर्तनका ढोका बन्द गर्नु हो । तर हरेक कसीमा घोटिएर खरो उत्रेका ओझा उदाहरणीय प्रअ हुन् ।
समुदायसाग असल सम्बन्ध कायम गर्नसक्ने, परिवर्तित समयअनुसार समायोजन हुनसक्ने, प्रशासनिक एवं शैक्षिक नेतृत्व भएका, विद्यमान भौतिक एवं आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्नसक्ने शिक्षक मात्र असल प्रअ हुनसक्छ । प्रअमा कुशल शिक्षकमा हुनुपर्ने व्यक्तिगत, सामाजिक र पेशागत गुणहरु हुनु आवश्यक छ । नेतृत्व क्षमता भएको, निष्पक्ष निर्णय दिने क्षमता हुने, प्रभावकारी सञ्चारकर्ता, सम्बन्ध स्थापनाकर्ता, आर्थिक स्रोत व्यवस्थापक तथा परिचालक, द्वन्द्व व्यवस्थापक, बौद्धिक परिपक्वता, सेवाप्रति त्याग र नि:स्वार्थ भावना, शैक्षिक नीति, नियम तथा आचारसंहिताको परिपालनकर्ता जस्ता गुण भएका ओझा सर आफ्ना शिक्षक र विद्यार्थीलाई प्रकृति तथा वातावरणप्रति जागरुक बनाउन लागीपरेका छन् । विद्यालयमा युनेस्को बाल क्लब गठन गरी जलवायु परिवर्तनका असरहरु सम्बन्धमा समस्त विद्यालय परिवारलाई सचेत गराउन उनले भ्याएका छन् ।

himali


शिक्षक हुनु र प्रधानाध्यापक हुनु एउटै हो कि फरक कुरा हो(यो एउटा बहसको विषय हो । विद्यालयको पठनपाठन सुधार गरी विद्यालयको निरन्तर विकासका लागि एक असल प्रधानाध्यापक नमूना शिक्षक हुनु पर्छ । प्रअले कक्षा नलिने र प्रशासनको डण्डा बोकेर हिड्ने प्रवृत्तिको बढोत्तरी हुादै गएको छ अहिले, ओझासर यसलाई मान्दैनन् । प्रधानाध्यापक त दक्ष, निपूण, प्रभावकारी, कुशल व्यवस्थापक, इमानदार, मिलनसार, शिक्षाप्रेमी, अनुशासित, शैक्षिक निर्देशक, पेशाप्रति रुचि राख्ने र सबै शिक्षकलाई शिक्षणप्रति प्रेरणा दिनसक्ने हुनुपर्दछ भन्ने उनको धारणा छ । विद्यालय शैक्षिक जनशक्ति उत्पादन गर्ने थलो हो । प्रभावकारी शिक्षण सिकाइका लागि विद्यालय बालमैत्री हुनु जरुरी छ । विद्यालय सुधार गर्नु भनेको विद्यार्थीमा असल बानीव्यवहारको विकास गर्नु हो । तोकिएका शिक्षाका नीति, नियम, सामाजिक, सांस्कृतिक मूल्य, मान्यता र आस्थाहरु संगठनात्मक रुपले समन्वय गर्दै पठनपाठन कार्यलाई प्रभावकारी रुपले सञ्चालन गर्नु विद्यालयको प्रमुखको दायित्व हो । विद्यालय त्यस्तो शैक्षिक संस्था हो जसले निर्धारण गरेको शैक्षिक प्रक्रियाले विद्यार्थीका आन्तरिक प्रतिभाहरुको प्रस्फुटन गरी व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय आवश्यकताहरु पूरा गर्नुपर्दछ । परिवर्तनशील समयको मागलाई पूरा गर्ने खालको शिक्षा आजको खााचो हो भन्नेमा ओझा प्रष्ट छन् । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयहरु बढी गुणस्तरीय छन् भन्ने मान्यतालाई उनी अस्वीकार गर्छन् र आफ्नो फरक मत राख्दै भन्छन्, ‘निजी विद्यालय व्यक्तिको व्यवस्थापनमा र सामुदायिक विद्यालय समुदायको व्यवस्थापनमा हुने भएकाले समुदाय, शिक्षक र शिक्षासेवीहरुले चाहेमा सामुदायिक विद्यालयलाई निजी विद्यालयजस्तो होइन, निजी विद्यालयभन्दा धेरै गुणस्तरीय बनाउन सकिन्छ । मात्र आवश्यकता छ समर्पण, त्याग, मेहेनत र समाजको जागरुकताको ।’

stud
आदर्श प्रअको रुपमा सुपरिचित ओझा व्यवहारकुशल छन् । प्रतिकूल परिस्थितिका वीच पनि काम गर्ने ओझा बालकेन्द्रित शिक्षण–सिकाइ पद्धतिमा जोड दिन्छन् । आवासीय सुविधा लिएर २० जना सुस्त श्रवण भएका र बहिरा विद्यार्थी समेत अध्ययन गर्ने उनको विद्यालय अहिले सबैको लागि चाख र चासोको शैक्षिक संस्थाको रुपमा रहेको छ । हिमाली निमाविबाट ओझासरलाई अलग गरेर हेर्न सकिन्न, तर यति मात्र होइन, हिमाली त आज झापा र झापाबाहिरका धेरै विद्यालयका लागि अध्ययनको केन्द्र भएको छ, यो विद्यालयमा अध्ययन भ्रमणमा आउनेको लर्को नै लाग्ने गरेको छ । यो विद्यालय रोलमोडेलको रुपमा स्थापित भइसकेको छ । यसको मुख्य श्रेय सपनामा पनि विद्यालय नै देख्ने ओझासरलाई जान्छ । भवन निर्माणको महत्वाकांक्षी कार्यलाई सम्पन्न गर्दै स्थानीय अग्रज शिक्षासेवी, अभिभावक र विद्यार्थीको चाहना एवम् आवश्यकतालाई मध्यनजर गर्दै हिमाली निमाविलाई स्तरवृद्धि गर्दै झापाकै अत्याधुनिक प्रविधि, पद्धति र सुविधा सम्पन्न मावि बनाउने लक्ष्य रहेको छ– ओझासरलाई सफलताको आभ्यन्तरिक शुभेच्छा छ ।
प्रस्तुति : तीर्थराज खरेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)