Aamsanchar

भोजपुरमा मनकामना जातको मकै लोकप्रिय

Author Image
शुक्रवार, असार ३१, २०७३

भोजपुर।
index

भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ ।

मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभयो ।

 

भोजपुरको दाँवा, च्याङ्ग्रे, टक्सार, काफ्लेलगायतका स्थानमा मनकामना जातको मकैको बीउ अगुवा कृषकमार्फत उत्पादन भइरहेको कार्यालयले जनाएको छ । जिल्लाको मुख्य बालीको रुपमा रहेको मकै खेती भोजपुरको ४० हजार हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।

 

जिल्ला कृषि विकास कार्यालयले मकै खेती गर्ने कृषकलाई तालिम दिई अगुवा कृषक बनाउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर