Aamsanchar

डा. केसीसंगको वार्ता असफल

Author Image
शनिवार, साउन ८, २०७३

काठमाडौं:

Dr govinda kc continues his fast un to death on the 11th day at teaching hospital premises demanding reform in the education sector in Kathmandu on Wednesday, July 20, 2016 Photo: Keshab Thoker/Nagarik/Republica

अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको आआफ्नै अडान रहेपछि वार्ता विफल भएको हो ।

सरकारी टोलीले समस्या समाधान गर्न राजनीतिक समिति बनाउने र डा. केसीले अनशन तोड्नुपर्ने भनी अघि सारेको प्रस्ताव डा. केसी पक्षले अस्वीकार गरेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शुक्रबार दुईपटक गरी राति अबेरसम्म वार्ता भएको थियो ।

सरकारी वार्ताका संयोजक स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले मुख्य केही बुँदामा अझै सम्बन्धित विज्ञसँग छलफल गर्न आवश्यक देखिएकाले तत्काल वार्ता स्थगित गरिएको बताए ।

स्रोतका अनुसार केसी पक्षधरले संसद्मा दर्ता भएको मनमोहन विधेयक फिर्ता लिनुपर्ने अथवा प्रतिष्ठानलाई सरकारी बनाउनुपर्नेमा अडान लिएका छन् । तर सरकारी पक्षले संसद्मा दर्ता भइसकेको विधेयकबारे बोल्ने क्षेत्राधिकार आफूहरूमा नभएकाले सहमति गर्न नसकिने बताएका छन् ।

डा. केसीले अख्तियार प्रमुखमाथि महाभियोग लगाउनुपर्ने भन्दै अघि सारेको मागमा पनि सरकारले बोल्न नमिल्ने भन्दै छलफलको एजेन्डा बनाएको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर