Aamsanchar

राप्रपा नेपालले बाढी पिडितको सहयोगका लागी कार्यक्रर्ता परिचालन गर्ने

Author Image
सोमवार, साउन १०, २०७३

झापा,

download

राप्रपा नेपाललाईै जिल्लाका बाढि पिडितहरुलाई सहयोग गर्न पार्टि कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटि झापाको आज बसेको बैठकले गाउ अध्यक्षको नेतृत्वमा जिल्ला भरि कार्यकर्तालाई परिचालन गर्ने निर्णया गरेको हो । साथै बाढिपिडितको उद्धार र राहतका लागी प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय समेत गरिएको जिल्ला उपाध्यक्ष टिकाराम खरेलले बताउनुभयो ।

यसैबिच राप्रपा नेपालको ३ नम्बर क्षेत्रिय कमिटीले ६ सय ६३ जना बाढि पिडितहरुलाई आज राहत बितरण गरेको छ । क्षेत्रिय अध्यक्ष देबेन्द्र कन्दङ्वा, जिल्ला सदस्य रुद्रमणि अर्याल लगयातको टोलीले २ छाक पुग्ने गरि १६ हजार २ सय रुपैया बितारण गरेको जनाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर