Aamsanchar

सहमतीय सरकार निर्माण गर्न राष्ट्रपतिबाट आव्हान

Author Image
सोमवार, साउन १०, २०७३

काठमाडौं,

25072016061139rastrapati-600x0
राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा अडकाउ फुकाउने आदेश र धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आव्हान गरिएको उल्लेख छ ।

 

विज्ञप्तिमा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्न व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दललाई आव्हान गरिएको उल्लेख छ । सहमतीय सरकार निर्माण हुन नसके संसदले निर्वाचनमार्फत बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री निर्वाचित गर्नेछ ।

 

यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदले सिफारिस बमोजिम प्रधानमन्त्रीको निर्वाचनका लागि बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको थियो । संविधानको धारा २ सय ९८ को उपधारा ८ बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएपनि अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था नरहेको भन्दै बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदले हिजो राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो

 

राष्ट्रपतिबाट जारी गरिएको बाधा अडकाउ फुकाउ आदेश संसद सचिवालयका महासचिवले ३ दिनभित्र सभामुखलाई जानकारी गराउनुपर्ने संबैधानिक व्यबस्था छ । जानकारी प्राप्त भएपछि सभामुखले बैठकको कार्यसूचीमा राखेर संसदमा पेश गर्नुपर्नेछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर