Aamsanchar

लुट–२ शुरु [हेरौ टिजर]

Author Image
बिहिवार, साउन १३, २०७३

काठमाडौं ।

नेपाली चलचित्रमा इतिहास रच्न सफल चलचित्र लुटको सिक्वेल लुट–२ को छायांकन शुरु भएको छ ।
नेपाली चलचित्रको व्यापार निरास भएर संकट परिरहेको बेलामा चलचित्र लुटले अप्रत्यासित व्यापार गरेको थियो । चलचित्रले राम्रो व्यापार मात्र गरेन, अहिलेका जल्दाबल्दा कलाकारलाई त्यही चलचित्रले स्थापित गरेको हो भन्दा फरक नपर्ला । लुटमा कलाकारहरु सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा लगायतको अभिनय रहेको थियो ।
लुट–२ मा पनि तिनै कलाकार तथा प्राविधिकको टोली दोहोरिने भएका छन् । चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् । माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्तरुपमा बनाउादैछन् । राजधानीको चण्डोलस्थित निर्देशक निश्चल बस्नेतको निवासबाट यो प्रतिक्षित फिल्मको छायांकन शुरु भएको हो ।
छायांकनको पहिलो दिन अभिनेता दयाहाङ राई र कलाकार सुशिलराज पाण्डेले सट दिएका थिए । ब्लकबस्टर फिल्म ‘लुट’ कै क्यामेरापर्सन पुरुषोत्तम प्रधानले सिक्वेललाई खिच्दैछन् । फिल्ममा सौगात मल्ल, दयाहाङ, कर्म, सुशिलराज, ऋचा शर्मा, सृजना सुब्बा लगायत कलाकारको अभिनय रहनेछ । निर्देशक बस्नेतकै कथा तथा लेखन रहेको फिल्मले वर्तमान देशको अस्थिर अवस्थालाई व्यग्य गर्ने बताइएको छ । हेरौ टिजर

https://www.youtube.com/watch?v=TsKX-8yPhpA

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)