Aamsanchar

पत्रकार अर्जुनको निधन,पत्रकार महासंघ स्तब्ध

Author Image
मङ्गलवार, साउन १८, २०७३

arjun mahara
झापा ।

रेडियो मध्यपश्चिम एफ एममा कार्यरत पत्रकार अर्जुन महराको ब्लडक्यान्सरका कारण आइतबार उपचारको क्रममा हरिसिद्धिस्थित
नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । नेपाल पत्रकार महासंघले उक्त घटनाले स्तब्ध भएको जनाएको छ ।

२२ वर्षीय महरालाई बोनम्यारोमा ब्लडक्यान्सर देखिएपछि काठमाडौंस्थित सिभिल अस्पतालमा करिव एक महिनाको उपचारपश्चात साउन ६ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

तीन वर्षअघि पत्रकारिता सुरु गरेका पत्रकार महराको निधनले नेपाली पत्रकारिता क्षेत्रले मेहनती, जुझारु, निर्भीकका साथै पत्रकारितामा राम्रो सम्भावना भएका युवा पत्रकार गुमाएको महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर