Aamsanchar

हामी यो चाहन्छौं

Author Image
बुधवार, साउन १९, २०७३

CK Uncle
[चन्द्रकानत ढकाल]

वास्तवमा हामी मानिसहरु एकआपसमा निकै भिन्न छौं । हाम्रो बसोबास, खानपिन, रंग, रुप, अग्लो–पुड्को, कालो–गोरोले हामीलाई निकै फरक बनाएको छ । यति हुादाहुादै पनि हाम्रा आशाहरु भने एकैप्रकारका छन् । किनकी हामी आफूलाई विकशित र प्रगतिशील अवस्थामा पुर्‍याएर सुख र समृद्धिको अनुभूति गर्न चाहन्छौं ।
हामी एउटा समाजमा बसेका छौं । हुनसक्छ हामी यहाा सदियौंदेखि बसेका होइनौं । हामी विभिन्न ठाउाबाट यहाा आएका हौं । कोही धेरै समयदेखि सागै छौं, कोही केही समयदेखि सागै छौं । चाहे हामी जहााबाट आएका हौं, तर हामीहरु प्रगतिको एउटै दिशामा जान चाहन्छौं । हामी मानव समुदायलाई सुखी र समृद्ध बनाउन चाहन्छौं ।
हामी हाम्रा पछिल्ला पिंढीहरुको सुखद् भविष्यको कल्पना गर्दछौं । यो हाम्रो कर्तव्य पनि हो । यसका लागि हामीले हाम्रा पूर्खाहरुलाई धन्यवाद दिनुपर्छ । किनकी उनीहरुले हामीलाई राम्रो र सभ्य हुन सिकाए, मिलेर प्रगति गर्न सिकाए ।
यसका लागि हामीले हाम्रो धर्म–संस्कृति र रीति–रिवाजहरुलाई धन्यवाद दिन सक्नु पर्दछ । किनकी यी वस्तुहरुमा हामीले शालीनता र उदारताको अनुपम् उदाहरणहरु भेटिरहन्छौं । हामीलाई हाम्रा पूर्खाहरुले एक शालीन र उदार दस्तावेज दिएका छन् । यसको बदलामा हामीले हाम्रा पिंढीहरुलाई आफ्नो दायित्व र अधिकारको बारेमा पर्याप्त जानकारी दिन जरुरी छ ।
हामी आफ्नै कारणले पछौटे भएका छौं । तथापि हाम्रो विचार र दृष्टिकोण अगाडि बढ्ने नै हो । हामीले यहाा आफ्नो उन्नतीको लागि सडकमा संघर्ष गर्‍यौं र कयौं बन्द र हड्ताल गर्‍यौं । यसको प्रतिफल सुखद् हुनुपथ्र्यो तर त्यसको सट्टामा हामी प्रगतिको दिशाबाट धेरै पछाडि धकेलियौं ।
अब यसो गर्नु हुादैन भन्ने हामीलाई थाहा छ । हामीले हाम्रा पूर्खाले दिएको प्रगतिको अधिकार इमान्दारीताका साथ पूरा गर्नुपर्छ भन्ने जान्दाजान्दै हामी किन स्खलित भईरहेका छौं ? हामीले गम्भीर भएर किन सोचेनौं ? यही कुरा अब सोच्नु छ । हामी जातीय रुपले किन विभाजित भयौं ? के मानवीय सम्वेदनाहरु पनि जातीय रुपले हुन्छन् र ?
हामीले सर्वप्रथम आर्थिक क्रान्ति गर्नुछ भने के आर्थिक सुचाङ्क जातीय रुपमा मापन गरिने हो र ? मलाई लाग्छ, जातीय विभेद कुनै पनि रुपमा अस्वीकार्य हुनुपर्छ । हामी सबै मानिस हौं । अधिकारको समानता हाम्रो अधिकार हो । जे होस यहाा गरिबले धनी हुनुपर्छ, अशिक्षितले शिक्षित हुनुपर्छ । अवसर सबैले बराबर पाउनु पर्छ चाहे ती जुनसुकै जाति, धर्म, भाषा र भेषका हुन् ।
हामी आफू लगायत सबैको हित र कल्याण चाहन्छौं यो हाम्रो धर्म हो । हामीले हाम्रो अभियानको आरम्भमा नै मानवता विरोधी निकृष्ट कार्यहरुलाई समूल नष्ट गर्न सक्नैपर्छ । यदि यसो गर्न सक्यौं भने हामीले चाहेको लक्ष्यमा पुग्न हामीलाई सहज हुनेछ । त्यसबाट हामीलाई अरु मार्गहरु प्रस्तुत हुनेछन् । जो हामीलाई प्रगतिका लागि आवश्यक छ ।
आज हाम्रो देशमा जाति माथि भएका चर्चा र ब्याख्याहरुले विभाजनकारी भूमिका निर्वाह गरिरहेको छ । यो सिंगो देशको लागि दुखद् कुरा हो । यद्यपि यसमा एक जातिको मात्र दोष नभएर हामी सबै यसका दोषी छौं ।
सदियौंदेखि यहाा कतिपय जातजाति माथि अन्याय भए होलान् तर अब हुनुहुादैन । यो हार्दिक आग्रहलाई हामीले जिम्मेवार भएर सुनुवाई र समाधान गर्नुपर्छ । हामी यही चाहन्छौं । हाम्रो देशमा धेरै मानिसहरुलाई दिक्क लाग्ने र दु:ख दिने सवालहरु अझै बााकी छन् । हामी त्यसलाई अन्त्य गर्न चाहन्छौं । यो हामी सबैको साझा सवाल हो । हामीले कयौं नेताहरुबाट विवादित टिप्पणीहरु सुनेका छौं । जुनसाग धेरै मानिसहरु असहमत छन् । यदि यस्तो असहमत कुराहरु छन् भने हामीले हार्दिकतापूर्वक यस्ता कुरा समाधान हुन् भन्ने चाहना राख्नुपर्छ र समाधान हुने बाटोहरु खोजेर सही तरिकाले निराकरण गर्नुपर्छ । हामी यही चाहन्छौं ।
हामीले आफैलाई बिक्रित दृष्टिकोणको पर्याय बनाउनु हुादैन । हामीले जे गलत छ त्यो भन्दा उच्चतम् स्थान साझा उन्नतीका लागि पेश गर्नुपर्छ । हामीले कुनै हालतमा पनि विभाजनकारी टिप्पणीहरु पेश गर्नु हुादैन, यो कुरामा हामी सजग छौं ।
आजको दिनमा एकता हाम्रो अपरीहार्य आवश्यकता हो । हामीलाई प्रगति र उन्नतीको लागि लड्ने लडार्इंले केही गरेको छैन । हामीलाई त स्वार्थको लागि लड्ने लडार्इंले लखतरान बनाएको छ । हामी यस्तो लडार्इं लड्न चाहदैनौं । यो हाम्रो हार्दिक आग्रह हो ।
आजको दिन हाम्रो लागि हो । हामीले आजैबाट थालनी गर्नुपर्छ, भोलीको दिन हाम्रो नहुन पनि सक्छ । यस कुरामा हामी चनाखो हुनै पर्दछ ।
हामीले लाखांै मानिसहरुबाट गरिएको परिवर्तनको आव्हानलाई विश्वको कुनैपनि शक्तिले हल्लाउन सक्दैन भन्ने बुझेका छौं । त्यसैले हामी हाम्रा खराब स्थितिहरुलाई परिवर्तन गर्नका लागि सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं । यो हार्दिक आग्रहलाई सम्बन्धित पक्षले बुझ्नैपर्छ । यो हाम्रो जिकिर हो ।
हामी गर्न सक्छौं । हामी यो आवाजलाई बुलन्द गर्न चाहन्छौं । हामी कोही अन्यायमा परेका छौं र हामीमाथि असमान व्यवहार भएको छ भने हामी पक्कै पनि न्याय र समानता स्थापित गर्न सक्छौं । यो हाम्रो चाहना हो ।
विभिन्न व्यथाले देश यतिबेला थलिएको छ । हामी मुलुकलाई स्वस्थ्य बनाउन चाहन्छौं । सक्छौं पनि, चुस्त र दुरुस्त राख्न पनि हाम्रो शक्ति ज्यूादो नै छ ।
कयौं मानिसहरु अवसरबाट वञ्चित छन् तर यसबाट हामीले डराउनु पर्दैन । किनकी हामी मानिसहरुका लागि प्रचुर मात्रामा अवसर प्रदान गरी मानिसहरुलाई समृद्ध बनाउन सक्छौं । तर, यसका लागि हामीले आफूलाई तयार राख्नुपर्छ र हामी गर्न सक्छौं भन्ने उच्च मनोबल सदा रहनु पर्दछ ।
हामीले दु:खका दिनहरुलाई अझै परिवर्तन गर्न नसकेकोमा प्रसस्त गुनासो गर्ने ठाउा छ । हामी यो गुनासोको अन्त्य भएको हेर्न चाहन्छौं । र यो परिस्थितिको दासताबाट मुक्ति चाहन्छौं ।
हामी काम चाहन्छौं, मानिसहरु व्यवस्थित भएको चाहन्छौं । सबैले न्याय पाएको अनुभव गरेको बुझ्न चाहन्छौं, शान्ति सुख र आनन्द चाहन्छौं । जो हाम्रो अधिकार पनि हो । यसका लागि सबै सम्बन्धित पक्षले न्याय र समानताका लागि हार्दिक व्यवहार गरुन् र यो चाहनालाई सबैले मनैदेखि स्वीकार गरुन् भन्ने हामी सबैको पुन: हार्दिक आग्रह हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर