Aamsanchar

ताप्लेजुङमा तीनदिन देखि दुई व्यक्ति वेपत्ता

Author Image
शुक्रवार, साउन २१, २०७३

२१ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तीन दिनदेखि बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् ।

imagesताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।

घिसिङ स्थानीय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।

भण्डारीको मानसिक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनीहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर