Aamsanchar

‘कबाली’ ले तोड्यो सलमानको रेकर्ड,अब पीके बाकी

Author Image
शनिवार, साउन २२, २०७३

kabali-rajnikanth-343473912

रजनीकान्तको २२ जुलाइमा रिलिज भएको फिल्म ‘कबाली’ ले विश्वभरबाट ६५० करोड भारु संकलन गरेको छ। बलिउड बक्स अफिसमा किङ मानिने सलमान खानको सबै रेकर्ड ‘कबाली’ ले तोडेको छ। ‘कबाली’ बलिउडको हाइएस्ट ग्रोसर फिल्मको सूचीको दोस्रो स्थानमा आइपुगेको हो।

निर्देशक राजकुमार हिरानीको आमिर खान स्टारर फिल्म ‘पिके’ बलिउडको सबैभन्दा बढी कमाउने फिल्म हो । १९ डिसेम्बर २०१४ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट ७९२ करोड भारु संकलन गरेको थियो।PK film poster

छिट्टै ७०० करोड भारुको आंकडा पार गर्ने तरखरको ‘कबाली’ले ‘पिके’ लाई उछिन्छ कि उछिन्दैन यो भने देख्न बाँकी नै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)