Aamsanchar

२२औं विश्व आदिवासी दिवस आज

Author Image
मङ्गलवार, साउन २५, २०७३

झापा । 

09082016093816indiginous-600x0

शिक्षामा आदिवासीको अधिकार भन्ने नारा सहित २२औं विश्व आदिवासी दिवस आज विश्वभर आदिवासी समुदायको अधिकार सम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईछ ।

 

राज्यको हरेक संयन्त्रबाट विमुख बनाईएका आदिवासी समुदायलाई शिक्षा लगायतका अवशर प्रदान गरी मुल प्रवाहमा सहभागी गराउन र उनीहरुको अधिकार सुनिश्चितताको लागि दिवसले जोड दिने गरेको छ । दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघले राजधानीको प्रज्ञाभवनमा मध्यान्ह १२ बजे आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल सहभागी हुनुहुनेछ ।

 

त्यसअघि महासंघले राष्ट्रिय सभागृहबाट टुडिखेल–पुतलीसडक हुँदै प्रज्ञा भवनसम्म झाँकीसहित र्‍यालीको समेत आयोजना गरेको महासंघका अध्यक्ष तथा सांसद नागेन्द्र कुमालले जानकारी दिनुभयो । महासंघले नेपालको संविधानले आदिवासीहरुको अधिकार संरक्षण गर्न नसकेको भन्दै पहिचार र अधिकार सहितको संघीयता, आदिवासी जनजातीको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि साझा अभियान भन्ने छुट्टै नारा तय गरेको छ ।

 

जनजातीको हक अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न जातीय संघसंस्थाले दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्दैछन् । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सन्देश दिदै आदिवासी समुदायको शिक्षामा पहुँच नभएसम्म दिगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको छ । विश्वभरमा ३७ करोड आदिवासी नागरिक मध्ये १५ प्रतिशत अति गरिबीको रेखामुनी रहेको राष्ट्रसंघको तथ्यांक छ । विश्वमा करिब ७ हजार भाषाभाषी र ५ हजार विभिन्न संस्कृतिका आधिवासीको बसोबास रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर