काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार तथा गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा अघि बढाएको हो। यसअघि उनलाई गत चैत १४ गते प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
पीडित महिलाले आफू गीत गाउने पेशामा संलग्न रहेको र सोही क्रममा चिनजान भएका मल्लले आफूमाथि जबरजस्ती गरेको आरोप लगाएकी छन्। उनको जाहेरीका आधारमा प्रहरी अनुसन्धान सुरु भएको थियो, जसपछि मुद्दा अदालतमा पुगेको हो।
अहिले उक्त प्रकरण अदालतको प्रक्रियामा प्रवेश गरिसकेको छ। आरोप पुष्टि वा खण्डन हुने विषय न्यायिक परीक्षणबाटै टुंगो लाग्नेछ।


Views: 51


