Aamsanchar

कम तेल दिने पेट्रोल पम्पमा सिलबन्दी

Author Image
मङ्गलवार, साउन २५, २०७३

Petrol-Pump-300x225

मलेखु (धादिङ)  ।

नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ ।

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको तीनवटा मेसिनमध्ये दुईवटा सिलबन्दी गरेको छ । त्यस्तै टोलीले धादिङबँेसीमा रहेको भैरवी पेट्रोल पम्प र गङ्गासागर पेट्रोल पम्पको समेत अनुगमन गरेको छ ।

राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको हो । ठगी गरेको प्रमाणित भए त्यस्तो गर्ने पम्पलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै किसिमको कारबाही हुने नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यलयका अधिकृत कमल शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर