Aamsanchar

लागुऔषधसहित दुई किशोर पक्राउ

Author Image
बुधवार, साउन २६, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा प्रहरी चौकी डोरीयाको टोलीले को २३ प ७०८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई खानतलासी गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नाइट्राभेट १० थान र नाइट्रोजेपाम ट्याब्लेट १२ थान बरामद गरेको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक हेमकुमार खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर