![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![namrata-shrestha-](http://aamsanchar.com/wp-content/uploads/2016/08/namrata-shrestha-.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
इटहरी।
नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इटहरी मलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार गर्ने तथा पुराना पुस्तालाई पनि राम्रो सन्देश दिने उद्देश्यले चलचित्र निर्माण भएको जानकारी दिइयो ।
विशेषगरी कास्कीको पोखरा र गुल्मी तथा आसपासका मनोरम दृश्यसँग रमाउँदै कलाकारले तयार पारेको चलचित्र गाँठो मानिसबीचको अन्तरसम्बन्ध कस्तो हुनु पर्दछ भन्ने कथावस्तुलाई समेटेर तयार पारिएको चलचित्रका मुख्य नायक रहेका अभय बरालले बताउनुभयो ।
चलचित्र प्रदर्शनीमा आउनुअघि विद्यालय कलेज र खुल्लातर्फबाट चित्रकार एवम् कलाकारलाई कसरी मानवीय सम्बन्धका गाँठो कसिलो वा बलियो बन्न सक्छ भन्ने विषय चित्रमार्फत अभिव्यक्त गर्ने चित्रकला प्रतिस्पर्धा गराउने कार्य पनि अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयतर्फका प्रतिस्पर्धीले २५ हजार, कलेजतर्फकाले रु ३६ हजार र खुलातर्फका प्रतिस्पर्धीले रु ५० हजार पुरस्कारसमेत प्राप्त गर्ने बताइएको छ । रासस