Aamsanchar

सिग्देल स्मृति पुरस्कार नवोदितलाई

Author Image
बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)।

newcc

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यस वर्षको पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन, मोरङका अध्यक्ष मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष भीम घिमिरेका अनुसार रु ११ हजार १५१ राशिको सो पुरस्कार नवोदितलाई दिने निर्णय गरिएको छ । नवोदित कारोबार दैनिकका पूर्वाञ्चल संयोजक हुनुहुन्छ ।

त्यसैगरी, यस वर्षको ‘युवा उद्यमी सम्मान’ यहाँका युवा उद्योगी पारस लुनिया र महिला उद्यमी सम्मान विराटनगरकै शिल्पा कार्कीलाई प्रदान गरिनेछ ।

सो पुरस्कार आगामी भदौ ७ गते पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर