Aamsanchar

सवारी दुर्घटनामा एकको मृत्यु दुई घाइते

Author Image
बिहिवार, साउन २७, २०७३

सुनसरी।

1427001970_accident

सुनसरी र पाँचथरमा भएका अलग -अलग सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

सुनसरीको इटहरी-१ मा को १३ प २१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रघुनाथ तिम्लसिनाको मृत्यु भएको छ। बुधबार बेलुका ७ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका तिम्लसिनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती ८:३० बजे मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ। त्यसैगरी पाँचथरको थर्पु-४ स्थित मध्य पहाडी लोक मार्गमा ओयामबाट थर्पुतर्फ जादै गरेको मे १ त ७३३७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री ओयाम ९ बस्ने मुना ढकाल र सोही ठाउँकी सीता कोईराला घाइते भएका छन्।

घाइते दुवैको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर