Aamsanchar

आगलागीबाट लाखौंको क्षति

Author Image
बिहिवार, साउन २७, २०७३

झापा ।

6187e8e3b292df4bec7f162543eed86b_XL
झापाको गौरीगंज–१३ स्थित थापाचोकमा एक घरमा आगलागी हुदाँ अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गौरीगंज–१३ स्थित थापाचोकमा केशबराज थापाको घरमा डेरागरी बस्ने आनन्द राजबंशीले चलाएको पसलबाट अचानक बिधुत सट भई आगलागी हुँदा घरमा सामान्य क्षति भएको छ भने घर भित्र भएको मोटरसाइकल, भाडावर्तन तथा अन्य समान समेत जल्दा ५ लाख ५० हजार बराबरको क्षति भएको पिडितले बताएका छन्।

आगलागी इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोली र शसस्त्र प्रहरी तथा स्यानियबासीहरुको प्रयासमा नियन्त्रणमा लिएको छ। आगलागी बुधबार बेलुका लागेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर