Aamsanchar

सोनाक्षीको बिहे छिट्टै

Author Image
बिहिवार, साउन २७, २०७३

Beautiful-Sonakshi-Sinha-HD-Wallpapers

के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागेकै हुन त ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड सचदेवसँग विवाह गर्न तयारी गरेको बताइएको छ ।
सोनाक्षी र बन्टी पछिल्ला केही वर्षदेखि सम्बन्धमा रहेका छन् । स्रोतका अनुसार उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयारीमा छन् ।

रिर्पोटका अनुसार सोनाक्षी आफ्ना इण्र्डोसमेन्टका कामहरु छिटो सक्ने तयारीमा लागिरहेकी छिन् । आफ्नो निजी जीवनमा समय दिनका लागि पनि उनले हतार हतार काम सक्न खोजेकी हुन् ।

बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । प्रस्ताव स्विकार गर्दै उनले विवाह गर्ने सहमति दिएकी हुन् । तर, सोनाक्षीको व्यस्तताका कारण उनले छिट्टै विवाह गर्ने सम्भावना भने निकै न्युन रहेको छ ।

sonaxii

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर