Aamsanchar

एक युवतीका लागि दुई सुरक्षा निकायका जवानबीच भीडन्त

Author Image
शुक्रवार, साउन २८, २०७३

काठमाडौं।

fatty_women-300x225

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाबैरी चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती ।

एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे ।

हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवालाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो । नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान (सिआरभी) को सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् ।

‘यो … ले बर्दीको प्रहरी कुट्ने ? यसलाई भित्र हाल्,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा’ प्रकट गरिहाले । कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन् ती युवती ।

प्रहरीको विशेष कार्यदलको पोसाक लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने कार्य भयो । प्रहरी प्रधान कार्यालयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए ।

नेपाल प्रहरीको कुल ७२ हजार ७ सय १९ जना जनशक्तिको परिचालन केन्द्र प्रहरी प्रधान कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन् ।

कुटाइ खाने जवान भने प्रहरी महानिरीक्षक निवासको सुरक्षामा खटिएका नेपाल प्रहरीका जगन्नाथ साहु रहेछन् । विवादको मुख्यपात्र भने तिनै युवती रहिछन् जो केहीबरे अघिसम्म सैनिक युवकलाई उत्तेजित गराउँदै थिइन् ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीको सिआरभीले तीनैजनालाई नियन्त्रणमा लिएर कार्यालयमा लगेको थियो । वृत्तका अनुसार सबैलाई सम्बन्धित निकायको जिम्मेवारीमा बिहीबार नै छाडिएको छ ।

प्रहरी र सेना दुबैले घटनालाई आपसी लेनदेनको विष भने पनि युवतीका विषयलाई लिएर भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार तामाङ र साहु दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकापसमा भिडेका थिए । –नागरिक दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर