Aamsanchar

अमेरिकामा फेरि समातिए शाहरुख खान

Author Image
शुक्रवार, साउन २८, २०७३

नयाँदिल्ली । बलिउड अभिनेता शाहरुख खानलाइ अमेरिकाको लस एन्जलस एयरपोर्टका अध्यागमन कर्मचारीले हिरासतमा लिएको समाचार प्राप्त भएको छ ।

 

उनीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा लिइ सोधपुछ गरी छाडिदिएको शाहरुख खानले आफ्नो ट्वीटरमार्फत जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन् म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको अपमान सहन बाध्य भएको छु । यद्यपी उनीलाई त्यहाँ किन पक्राउ गरियो भन्ने बारे भने केही बताइएको छैन ।
त्यसैगरी आफू अध्यागमनको हिरासतमा रहेका बेला पोकेमान गेम खेलेर समाय विताएको पनि ट्वीटर मार्फत जनाएका छन् । अभिनेता खान सन् २०१२ मा पनि उनी न्यूयोर्कको हवाइ अड्डामा पक्राउ परेका थिए । करिब दुई घन्टाको सोधपुछ पछि उनलाई छाडिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)