Aamsanchar

मेसोपोटामियाको सभ्यता बिर्सन नै नसकिने आश्चर्यजनक

Author Image
शनिवार, साउन २९, २०७३

early-civilization-mesopotamia-300x169

(गौतमबुद्ध बज्राचार्य)

काठमाडौँ ।

विश्वको सबैभन्दा पुरानो मेसोपोटामियाको सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा बिर्सन नै नसकिने आश्चर्यजनक सभ्यताको रुपमा रहेको विज्ञहरुको भनाइ रहेको छ ।

नेपाल सम्पदा सङ्घले आयोजना गरेको बृहत् प्रवचन गोष्ठीमा अमेरिकी राजदूतावासका दक्षिण एसिया मामिला हेर्ने स्वास्थ्य, वातावरण, प्रविधि, विज्ञान विभागका क्षेत्रीय निर्देशक एरि नाथनले मेसोपोटामियाको बेविलोन सभ्यता विश्वको सभ्यताबारे अध्ययन तथा अनुसन्धान गर्ने विज्ञका लागि एउटा नमुना रहेको बताउनुभयो ।

मेसोपोटामियाको सभ्यताको संरक्षण गर्न हामी सबै लाग्नुपर्ने बताउँदै उहाँले यो सभ्यता मानव जातिको लागि गर्वको कुरा हो भन्नुभयो । टिग्रीस र युफ्रेटस नदीको बीचमा रहेको मेसोपोटामियाको बेविलोन सहरको इतिहास क्राइस्ट जन्मनुभन्दा आठ हजार वर्ष पुरानो रहेको छ ।

क्राइस्ट जन्मनुभन्दा दुई हजार ३०० वर्षअघि एक्काडियन साम्राज्यको विकास भएको थियो । त्यसपछि १८९४ विसीमा बेविलोनियम वंशको सुरुवात भएको इतिहासकारको भनाइ रहेको निर्देशक नाथनले बताउनुभयो ।

इस्वीको १८औँ शताब्दीमा पहिलोपटक बेविलोनको सम्राटमा हम्मुराबीले शासन सुरु गर्नुभयो र बेविलोनियाको रुपमा परिचित दक्षिणी मेसोपोटामियामा पछि एस्सिरियन, कास्साइट तथा इलामाइट सम्राज्यको प्रभुत्व कायम भयो ।

विश्वका प्रमुख पाँचवटा आश्चर्यमध्ये एउटा बेविलोनियाको हेंगिङ गार्डेन रहेको छ, जुन विश्वका मानव मात्रको अधिक रुचिको विषयमा पर्दछ । क्राइस्ट जन्मनुभन्दा अघि ६०९–५३८ विसीसम्म बेविलोनियाको साम्राज्यको राजधानी बेविलोन रहेको र हाल यो इराकको राजधानी बग्दादबाट ८५ किलोमिटर दक्षिणमा रहेको हिल्लाह बविलको क्षतविक्षत अवशेषका रुपमा रहेको छ ।

रासस प्रतिनिधिसँग कुरा गर्दै सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले ६०५ विसीमा नेबुचाड्नेजर द्वितीय नामक सम्राटले आफ्नो साम्राज्य विस्तार गरी हालको इजरायलको राजधानी जेरुसलेमसम्म कब्जा गरेको बताउनुभयो । जुन पछि पुनःनिर्माण गरिएको थियो ।

ती सम्राटले निर्माण गरेको पाँच माइल लामो भित्री पर्खाल र १० माइल लामो बाहिरी पर्खालमा चारघोडे बग्गी दौडाउन मिल्छ, जुन अद्यापि रहेको छ । विज्ञान, गणित र साहित्यको विकास पनि यहाँबाट नै भएको हो । त्यसबेला यहाँको जनसङ्ख्या पाँच लाख रहेको थियो जुन विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको साम्राज्य थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर