Aamsanchar

‘डान्सर’ र ‘म्यारिज ब्युरो’ का नाममा महिला तस्करीको पर्दाफास

Author Image
शनिवार, साउन २९, २०७३

वैदेशिक रोजगारीका नाममा नेपाली चेली बेचिएका छन् ः प्रहरी उपरीक्षक बज्राचार्य

भक्तपुर।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले वैदेशिक रोजगारीका नाममा धेरै नेपाली चेली बेचिएको बताउनुभयो ।

उहाँले विदेशमा गएर पैसा कमाउने लोभमा गाउँका मात्र नभई सहरीया महिलासमेत दलालको लहलहैमा फसेको उल्लेख गर्नुभयो ।

भक्तपुर जिल्ला विकास समितिअन्तर्गतको महिला समन्वय समितिले प्रदान गरेको सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक बज्राचार्यले मानव तस्करीको जालो ग्रामीण भेगमा मात्र नभई सहरी क्षेत्रमा समेत व्याप्त रहेको बताउनुभयो । उहाँले उच्च शिक्षा हासिल गरेका र आर्थिक हैसियत राम्रै भएका समेत अमेरिका युरोप जाने प्रलोभनमा मानव तस्करीको जालोमा पर्ने गरेको चर्चा गर्नु भयो ।

उहाँलाई नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेलले कदरपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
प्रहरी उपरीक्षक बज्राचार्यलाई गत ३० जुनमा अमेरिकी विदेश मन्त्रालयले नेपालमा ‘मानव बेचबिखनविरुद्ध सक्रिय काम गरेको’ भन्दै ‘२०१६ हिरो एक्टिङ टु एन्ड मोर्डन स्लेभरी’ पुरस्कारले सम्मान गरेको थियो । उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को ‘तीन नम्बर पिल्लर’ मा छँदा महिला बेचबिखनविरुद्ध अनुसन्धान गर्दै ‘डान्सर’ का रूपमा अफ्रिकी मुलकमा हुने महिला तस्करी र ‘म्यारिज ब्युरो’ का नाममा हुने महिला तस्करीको पर्दाफास गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर