Aamsanchar

ट्याक्सी स्टार्ट गर्दा अचानक आगलागी , दुई जना जलेर घाइते

Author Image
शनिवार, साउन २९, २०७३

काठमाडौँ  ।

थानकोट सरस्वती स्थानमा बा१ज ५९३४ नंको ट्याक्सी स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् ।

ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभञ्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी सोही ठाउँ बस्ने २७ वर्षीय सूर्यबहादुर तामाङ जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको र अवस्था बोल्नसक्ने रहेको छ । ट्याक्सीको अगाडिको भाग जलेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर