Aamsanchar

साउन ३१ र ३२ गते आम शैक्षिक हड्ताल ?

Author Image
शनिवार, साउन २९, २०७३

biplab-krantikari

काठमाडाैं।

साउन ३१ र ३२ गते आम शैक्षिक हड्ताल हुने भएको छ । बिप्लब माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी०ले विभिन्न माग राख्दै  हड्ताल घोषणा गरेको हो ।

उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्यक्रम र सम्बन्धन खारेज, पूँजी र विद्यार्थी बिदेश पलायन राेक्न, विद्यार्थीलार्इ यातायात, स्वास्थ्य र मनाेरञ्जनमा ५० प्रतिशत छुटकाे ब्यवस्था गराउन, शिक्षााक्षेत्रमा देखिएकाे बिभिन्न बिकृतीकाे अन्त्य गराउन र बिभिन्न समयमा सरकार समक्ष पेश गरेकाे १७ बुँदे माग पुरा गराउन शैक्षिक हड्ताल गरेकाे जनाएकाे छ ।

पछिल्लाे समय बिप्लब माअाेवादी निकट क्रान्तिकारीले बिभिन्न माग राख्दै अान्दाेलन गरिरहेकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर