Aamsanchar

लोपोन्मुख गोही बाबातालमा छाडियो

Author Image
शनिवार, साउन २९, २०७३

कञ्चनपुर।

download (1)

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको कभर्डहल क्षेत्रको माछा पोखरीमा भेटिएको लोपोन्मुख मगर गोहीको शुक्रबार राति उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रको बाबातालमा छाडिएको छ ।

आरक्षका कर्मचारी र नेपाली सेनाका जवानको प्रयासमा पोखरीबाट गोहीको उद्धार गरी आरक्षको बाबातालमा छाडिएको हो । पोखरीबाट निकालिएको गोहीलाई आरक्षको बाबातालमा छाडिएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।

उहाँका अनुसार पानी पोखरीमा रहेको गोहीलाई समात्न पोखरीको पानी घटाइएको थियो । पोखरीमा भेटिएको मगर गोही पाँचदेखि सात वर्ष उमेरको रहेको र ७०–८० किलो तौलकोे रहेको अधिकृत ढकालले बताउनुभयो । नेपालमा घडीयाल र मगर गरी दुई किसिमका गोही पाइन्छ ।

पोखरीमा भेटिएको गोही आरक्षको जङ्गलबाट यहाँ आहाराको खोजीमा पुगेको हुनसक्ने उहाँले बताउनुभयो । मगर गोही दुई किलोमिटरसम्म खाली जमिनमा पनि हिँड्न सक्ने बताउनु हुँदै प्रमुख संरक्षण अधिकृत ढकालले मगर गोही हिलो र पानी कम भएको ठाउँमा समेत बस्न सक्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर