Aamsanchar

हराएका थापाको खोजी कार्यमा ४ सय चारपानेवासी

Author Image
शनिवार, साउन २९, २०७३

13935086_315159942164627_5588202205297382663_n

वेपत्ता बनेका थापा

binod

विनोद पाण्डे/सुरेन्द्र भण्डारी :

चारपाने, साउन २९ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका दिकान थापा मगर हराएको साता बित्दासम्म उनको कुनै पत्तो लाग्न सकेको छैन ।

गत साउन २३ गते आइतवार राति ११ः३० बजेदेखि उनी एकाएक वेपत्ता बने । उनी वोलवम जान भनी घरवाट हिडेका थिए । सतासीधाम हिडेका उनी घरबाट मोटरसाइकलमा वोलवम जान भनी हिडेको पारिवारिक श्रोतले जनाएको छ । उनीसंग बिर्तामोडका मिलन गुरुङ वोलवम जान भनि हिनेको बताइएको छ । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनलाई सोमवारदेखि झिलझिले प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

 

binod-pandey

 

३२ वर्षीय थापा मगर एका एक हराएपछि उनको परिवार तथा छरछिमेक अहिले चिन्तित मात्रै बनेको छैन । उनको खोजीमा सहयोग पु¥याइदिन सबैसंग आग्रह गर्दै आएको छ । थापाको खोजीका लागि अहिले प्रहरीसहित आफन्त र सिङ्गो चारपानेवासी लागि परेका छन् । उनको खोजीका लागि शनिवार चारसय मानिसले सतासीधामको जंगल – जंगल चाहारेका छन् । स्थानीयवासी र प्रहरीले सतासीधामको सवैतिर खोजेपनि उनलाई फेला पार्न सकेको छैन ।

 

_MG_0967

चारपाने –अर्जुनधारा सोसाइटीको अगुवाइमा सतासी जंगलमा उनको खोजी गरिएको थियो । प्रहरी , स्थानीयवासी तथा पारिवारले निरन्तर खोजी कार्य जारी राखेपनि उनको पत्ता नलाग्नुले परिवारमा थप चिन्ता थपेको छ । यस अघि इन्स्पायर मिडिया प्रोडक्सन प्रालि ,सन्थाली चलचित्र वोनोदल परिवारले पनि उनको खोजी कार्य अघि बढाइदिन प्रहरी प्रशासन सहित सवैलाई आग्रह गरेको छ । हराएका केही मानिस मात्रै सम्पर्कमा आउने र धेरैमानिस वेपत्ता हुने गरेकाले अहिले चारपानेवासी चिन्तित बनेका छन् । 

 

11223

छोरो हराएर चिन्तामा परेका बाबु मधुकर थापा मगरले यथा सक्दो  छोरा खोजिदिन र घटनाको सत्यतथ्य अनुसन्धान गरिदिन प्रहरी, नागरिक समाज, राजनितिज्ञ, मानव अधिकारवादी सबै निकायहरुमा अनुरोध गरेका छन । यता जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले उनको खोजीकार्य तिव्र पारिएको बताएका छन् । विशेष प्रहरी परिचालन गरेर उनको खोजिकार्य अघि वढाइएको उनको भनाई छ ।  आइतवारबाट थप प्रहरी परिचालन गर्ने एसपी क्षेत्रीले वताए । तस्वीरहरु: आमसंचार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर