Aamsanchar

रियो जुसको गल्तीको रियालिटी पर्दाफास

Author Image
आइतवार, साउन ३०, २०७३

4

गर्मी भयो, बालबालिकालाई टिफिन खाजा, बच्चा रोयो फुल्याउन, स्फुर्तीकालागी, विभिन्न पार्टी भोज र मलामीलाई खुवाउन जुस प्रयोग गर्ने चलन आजभोली सामान्य भई सकेको छ ।

विभिन्न कम्पनीहरुले बजारमा ल्याएका जुसहरु अत्याधिक प्रयोग भई रहेको अवस्थामा आपको शुद्ध जुस स्वथ्यकर जुस भनेर विज्ञापन सुनेका र नेपालको ठुलो अनी विश्वासीलो, जवाफदेही कम्पनी चौधरी ग्रुपले उत्पादन गरेको अपारदर्शी प्याकेजिङ भएको रियो जुस आफ्नो नानीलाई खुवाउन झापा सरणामती गाविस मदरगाछ स्थित कडेल चिया पसलमा पुगे स्थानिय जीवन दंगाल ।

 

3

आफ्नो बच्चालार्ई रियो जुस खाने पाईप लगाईदीदा रियो जुस सडिएको नालीको पानी झै गन्हाएपछी आसपासका मानिसहरुलाई जुस गनाएको छ भनेर देखाउदा वास्तमै जुस अखाद्य बस्तु भएको चिया पसलमा रहेका सबैले  अनुमानगरे  र  ईलाका प्रहरी कार्यालय विर्तामोडमा ल्याएर र प्रहरीको रोहबरमा रियो जुस गिलासमा खन्यौदा जुस गन्हाउने कालो झोल अखाद्य बस्तु देखिएकोे थियो ।

2

 

शुद्धतालाई ध्यान नदिई बजारमा ल्याईने अपारदर्शी बट्टामा प्याक भएका पिय पदार्थले मानव स्वाथ्यमा गम्भिर असर पार्ने गरेपनी सरकारी पक्षले त्यस्ता कम्पनीहरुलाई आवसेक कार्वाही गर्न नसक्नुले एक पछी अर्को गल्ती कम्पनीहरुले गर्ने गरेको आरोप सहित अखाद्य बस्तु बजारमा बेच्ने उत्पादक कम्पनी चौधरी ग्रुपलाई तत्काल कार्वाही हुनुपर्ने भन्दै सर्वसाधारण उपभोक्तले प्रहरी समक्ष माग पनि गरेका छन । 

1

 

फोटो : विनोद पाण्डे/आमसंचार

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर