Aamsanchar

महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

Author Image
सोमवार, साउन ३१, २०७३

मोरङ।

naksa_pass

महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

मालपोत अधिकृत गौतम राज अमात्यका अनुसार गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३१५ महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएका छन् । त्यस अवधिमा जम्मा २५ हजार ९९० जग्गा दर्ता भएका थिए । ती जग्गा दर्ताबाट रु ३३ करोड ४३ लाख ९६ हजार ७१ राजस्व सङ्कलन भएको छ ।

महिलाको नाममा दर्ता भएका जग्गामध्येबाट रु पाँच करोड ३९ लाख, ५६ हजार ६८३ राजस्व छुट पाएका छन् । आव २०७१÷०७२ सालमा ३१ हजार १७९ जग्गा दर्ता भएका छन् । दर्ता भएका जग्गामध्येबाट १२ हजार ७२८ महिलाको नाममा रजिस्ट्रेसन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर