Aamsanchar

लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

Author Image
सोमवार, साउन ३१, २०७३

फलेवास (पर्वत),।

images_cms-image-000005856

वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् ।

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाका ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतको सहयोगमा ठूलीपोखरी लिफ्ट खानेपानी आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकाले उत्साहित बनेर काममा जुटेका हुन् । यस आयोजनाबाट गाविसका माथिल्लो भागमा पर्ने तीन वटा वडाका करिब १०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

आगामी असोज महिनामा काम सक्ने गरी तयारी भइरहेको र आयोजना निर्धारित समयमा सक्नका लागि सबै सामग्री समेत तयारी अवस्थामा राखिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जानकारी दिनुभयो । आयोजनाका लागि आवश्यक पर्ने सिभिलतर्फका बसै पूर्वाधार तयार भइसकेकाले विद्युत् र वितरण लाइनको काम सकेर आगामी असोज महिनाभित्रमा घरघरमा धारा पु¥याउने तयारी भएको उहाँले बताउनुभयो ।

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको रु एक करोड ४६ लाख खर्च हुने भएको छ । ५६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो । गाविसको माथिल्लो भागमा रहेका ३०० घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर