Aamsanchar

काभ्रे दुर्घटना : ३३ को मृत्यु, २८ घाइते

Author Image
सोमवार, साउन ३१, २०७३

काभ्रे,

Bus-Accident-rasuwa

काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा आज अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार घटनामा ३३ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार २८ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । तीमध्ये १५ जनाको ट्रमा सेन्टर र १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

शवहरु भिरमा छरिएको र संकलन गर्ने काम भइरहेको काभ्रेका एसपी राजेशनाथ बास्तोलले बताउनुभयो । काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्वरको बस कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको थियो । बसमा ८० जना यात्रु थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर