Aamsanchar

गाविस सचिवविरुद्ध मुद्दा

Author Image
मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ ।

akhtiyar-office

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा कीर्ते भर्पाइ तयार गरी सामाजिक सुरक्षा भत्ता निकाली भ्रष्टाचार गरेका एक गाविस सचिवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
बाँके कटकुइया गाविसका तत्कालीन सचिव हृदयनारायण मिश्रले २०६५ र २०६६ सम्म कटकुइया गाविसको सचिव हुँदा जिविस बाँकेबाट निकासा प्राप्त भएको रु ४४ हजार ८०० सामाजिक सुरक्षा भत्तावापतको रकम वितरणमा सरकारी सम्पत्ति वदनियतसाथ हानी नोक्सानी गरेको देखिँदा उनीविरुद्ध बिगो रु ४४ हजार ८०० मागदाबी लिई आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर