Aamsanchar

सहारा नेपालका इनरुवा प्रमुख ढुंगानाको दुर्घटनामा मृत्यु

Author Image
मङ्गलवार, साउन ३२, २०७३

achut dhungana

बिर्तामोड।
सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्यूत ढुङ्गानाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा–९स्थित सडक खण्डको कलभर्टमा बा७च १५२७ नम्बरको कार ठोक्किादा उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनी सहारा नेपाल इनरुवा शाखामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ ।
दुर्घटनामा परी कारका चालक सुनसरी इनरुवा–६ निवासी ३० वर्षीय महेश गुरागााई र कारमा सवार झापा चारपाने–२ का २९ वर्षीय नारायण पोखरेल घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको वताइएको छ ।
यता पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडक खण्डमा मंगलवार अपरान्ह भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाादै गरेको मे २प २२९० नम्वरको मोटरसाइकललाई ना६ख २२९९ नम्वरको बसले ठक्कर दिादा उनको मृत्यु भएको बताइएको छ । उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको बताइएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक मधुमल्ला–७का ४५ वर्षीय पदमबहादुर गहतराज घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर